महामन्त्री थापाले भनेः प्रधानमन्त्रीले दमनको जिम्मा लिएर पद छोड्नुपर्छ


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभर भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै तत्काल सरकारबाट फिर्ता हुनुपर्ने आव्हान गरेका छन्।

“रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको क्रुर दृश्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साझेदारका रूपमा रहन सक्दैन। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,”उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

गगन थापाले नेपाली कांग्रेसले तत्काल सरकारबाट फिर्ता हुने कदम चाल्नु पर्ने आवश्यक रहेको र पार्टीले यस विषयमा बैठक गरेर निर्णय गर्ने तयारीमा रहेको जानकारी दिएका छन् ।