काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मंगलबार जलाइदिएको गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला परेको छ । प्रहरीले बुधबार बिहान जलेको अवस्थामा शव भेटिएको छ ।
यस्तै, विन्दुकुमारका भाइ ध्रुव थापाको नयाँबजारस्थित भरमा रहेको गाडीको स्वरूमभित्र पनि अर्को महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार शव पूरै जलेको अवस्थामा भेटिएको हो ।
आन्दोलनकारीले मन्त्री थापाको निजी निवास, अंशुभरा ग्रुप, बगैंचा रिसोर्ट र उनका भाइ ध्रुव थापाको भर तथा गाडीको स्वरूममा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।
मंगलबारै पोखराका प्रमुख सरकारी कार्यालय र सरकारी निवासका साथी जलेका थिए भने आक्रोशित भीडले मेयर धनराज आचार्य, नेता राजीव पहारी, भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपिपल रिसोर्टमा समेत तोडफोड र आगजनी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्