काठमाडौँ । काठमाडौँको नक्सालमा रहेको हिल्टन होटेलको प्रवर्धक समूह इन्फिनिटी होल्डिङ् र शङ्कर ग्रुपले होटेल जल्दा पनि आफूहरू विक्षिप्त भए पनि विचलित नभएको र होश नगुमाएको उल्लेख गरेको छ ।
इन्फिनिटी होल्डिङ्का अध्यक्ष दीपक भट्ट र शङ्कर ग्रुपका सञ्चालक साहिल अग्रवालले आज विज्ञप्ति जारी गर्दै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा ‘अत्यन्त घृणित र भ्रामक समाचार’ फैलाउँदा हिल्टन होटेल सिकार हुन पुगेको उल्लेख गर्दै आफूहरू बिचलित नभएको बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजीबाट हिल्टेन होटेल ध्वस्त भएको छ ।
होटल ध्वस्त भएपछि प्रर्वधित समूहको तर्फबाट भट्ट र अग्रवालले भनेका छन्,“यस सङ्कटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट शुरु गर्नेछौँ र नेपाल र नेपालीको लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौँ ।”
आन्दोलनका क्रममा बर्बरतापूर्ण घटना (आगो लगाउने कार्य) बाट विदेशी पर्यटक मात्र होइन सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ,“आफूहरू प्रत्यक्ष रूपमा हामी लगानीकर्ता भए पनि यसमा आम नेपाल र नेपालीजनको गौरव जोडिएको हामीले महसुस गरेका थियौँ । यसको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार जसरी फैलाए, त्यसैको शिकार अहिले यो होटल हुन पुग्यो । जुन बर्बरतापूर्ण घटना (आगो लगाउने कार्य) बाट विदेशी पर्यटक मात्र होइन सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको छ ।”
विभिन्न बाधा व्यवधानका बाबजुद अथक मिहिनेत र परिश्रमपछि जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय चेन होटल खरानीमा परिणत भएको उल्लेख गर्दै भट्ट र अग्रवालले थुप्रै राम्रा अवसरहरूलाई तिलाञ्जलि दिएर देशमै केही गरौं भनेर आफ्नो उद्यमशीलता शुरू गरेकोको भन्दै गचलत प्रचारका पछि नलाग्न भट्ट र अग्रवालले आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,“यस सङ्कटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट शुरु गर्नेछौं र नेपाल र नेपालीको लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौँ ।”
साथै, सामाजिक सञ्जाल र विभिन्न अनलाइन छापाहरूमा आएका भ्रामक र गलत कपोलकल्पित समाचारको पछाडि नलाग्न समेत हामी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा, बुबामा हार्दिक अपिल गर्दछौँ ।”
नेपालमा यति ठुलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो ? भन्दै हिल्टनको प्रर्वधित समूहले प्रश्न समेत गरेको छ ।
यसअघि होटेल हिल्टनको सेयर कांग्रेस सभापति शेरबहादुर देउवाको छोराले खरिद गरेको भन्दै प्रचार भएको थियो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटेल हिल्टनमा समेत आक्रमण हुँदा ध्वस्त भएको थियो ।
प्रर्वधित समूहले नेताका सन्तानको लगानी रहेको गलत प्रचार गर्दा आक्रमण भएको गुनासो गरेको हो । विश्वकै चर्चित अमेरिकी होटल चेन हिल्टन ८ अर्बको लगानी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्