असोज १ गते शोक बिदा दिने सरकारको निर्णय


काठमाडौँ । अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यही असोज १ गते देशभर सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान प्रकट गर्न सरकारले यो निर्णय गरेको हो।

यससँगै असोज १ गते सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्था बन्द हुनेछन्।