काठमाडाैँ । जेनजी आन्दोलनको प्रदर्शनीबाट जोगिएका थापाथलिका गाडीका साेरुमहरू सामान्य अवस्थामा फर्किने कोशिसमा रहेका छन् ।
दशैँतिहार लगायतका चाडपर्वमा उत्साहमय देखिने यहाँको साेरुमहरूमा यसपटक भने उत्साह छैन । भदौ २४ गते जेन नी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले यहाँको केही शोरुमहरुमा आगजानी गरेका थिए भने केहीमा तोडफोड गरेका थिए ।
प्रदर्शनकारीको निशानामा यहाँका सिजी मोर्टस, सिप्रदी, हुण्डाई र महिन्द्राका साेरुम परेका थिए । गाडीका साेरुमहरूमा करोडौंको क्षति भएको छ ।
एमएडब्लु, जीओ अटोमोबाइल्स, फोर्डका सोरुमहरू प्रत्यक्ष आक्रमणबाट जोगिएका छन् । यी जोगिएका साेरुमहरू फेरि चलयामान हुने कोशिस गरिरहेका छन् । यी कम्पनीले नजिँकिदै गरेको चाडपर्वलाई लक्षित गरी विभिन्न अफरहरू समेत सार्वजानिक गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्