काठमाडौँ । बन्दीपुर केबलकारले एन्ड टुरिजम लिमिटेडले केवलकार परिसरमा प्रवेश गर्न ५० रुपैयाँ लिने भएको छ ।
कम्पनीले आम नागरिक र कम्पनीको सुरक्षाका लागि भन्दै केबलकार परिसर प्रवेश गर्न टिकटका लागि ५० रुपैयाँका तोकेको हो ।
प्रवेशका लागि लिइएको शुल्क भने बन्दीपुर केवलकारद्वारा सञ्चालित कुनै पनि सेवा र सुविधामा सामान खरिद गर्न सकिने वा नगदका रूपमा परिणत गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले आजदेखि पासको व्यवस्था गरेको हो । रु. ५० को टिकट लिएर मात्रै केबलकारको मुख्य प्रवेश द्वार मार्फत प्रवेश गर्न सकिने र यो प्रणाली सार्वजनिक,सेयरधनी,पर्यटक तथा स्थानीय सबैमा लागु हुने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।
प्रवेश पासका लागि तिरिएको रकम बन्दीपुर केबलकारले सञ्चालन गरेको ड्राईभ ईन रेष्टुरेन्ट,घुमाउने घर, बन्दीपुरहिल ईटरी,सोभिनर सप,किड्स जोन, स्काई साइकिलिङ,जिप लाइनमा सेवा वा सामान खरिद गर्दा तुरुन्त नगदमा परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्