काठमाडौँ । आजदेखि मनकामना केबलकारले नियमित रूपमा सेवा सञ्चालन गरेको छ । कम्पनीका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो ।
सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्मत सम्भारको काम भएको कम्पनीले जनाएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
प्रतिक्रिया दिनुहोस्