काठमाडौँ । चक्रपथ युथ क्लबले काठमाडौँ महानगरपालिका वडा नम्बर ३ चक्रपथस्थित पीपल बोट नजिक फेला परेको ‘कान्तिपुर’ लेखिएका ४ हजार १६८ थान सिक्का प्रहरीलाई जिम्मा लगाएको छ।
क्लबका अध्यक्ष विकास गुरुङका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भएको दुई दिनपछि केही युवाहरूले ती सिक्का भेट्टाएका थिए। आन्दोलनको संवेदनशीलताबिच सिक्का आफ्नै जिम्मामा राख्दा समस्या पर्न सक्ने भन्दै उनीहरूले चक्रपथ युथ क्लबलाई बुझाएको र उक्त सिक्का चक्रपथका एक प्रहरी बालगाेपाल श्रेष्ठलाई बुझाएको गुरुङले बताए ।
गुरुङले क्लबले समुदायमा देखिने यस्ता घटनामा जिम्मेवारीपूर्वक काम गर्दै आएको उल्लेख गर्दै विगतमा पनि बुझाइएका वा भेटिएका सामग्रीहरू सधैं प्रहरीलाई नै जिम्मा लगाउने गरेको बताए।
उनले भने, “यस पटक पनि विगतमा जस्तै युवाहरूले बुझाएका सिक्का तत्काल प्रहरीलाई हस्तान्तरण गर्यौँ।” यसरी हस्तान्तरण गरिएका सिक्काबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्