७० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । आइतबार नेपाल राष्ट्र बैंकले ७० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ७ दिनको लागि ७० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

बोलकबोल माध्यमबाट निक्षेप संकलन गर्न लागेको राष्ट्र बैंकले यसको साँवाब्याज असोज १२ गते भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।