काठमाडौँ । रसुवा भन्सार कार्यालय बाढीका कारण बन्द भएको र तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्ग पहिरोले अवरुद्ध भएको अवस्थामा नेपाल र चीनबिचको व्यापारलाई सहज बनाउन मुस्ताङ जिल्लाको नेचुङस्थित कोरला नाका भदाै ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
भन्सार विभागका अनुसार असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयमार्फत २०९ ओटा विद्युतिय गाडी र १०७ ओटा मालबाहक ढुवानी साधनमा रहेका सामग्रीको जाँचपास गरी करिब ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
यस नाकामा अहिले आशिकुडा प्रणाली पनि सञ्चालनमा भइसकेको विभागले जनाएको छ। साथै नेपाल राष्ट्र बैंकले भाद्र ३१ गते जारी गरेको परिपत्रअनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग हुँदै प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्