काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
नेप्सेकाअनुसार मंगलबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३८ करोड ६८ लाख १ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा ८ ओटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
कुल ३२८ कम्पनीको एक करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्