काठमाडाैँ । देशका विभिन्न राजमार्ग र सडकखण्डमा खसेका पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोलामा नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार सडक माथिबाट ठूलो पहिरो खसेपछि बाटो पुर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ कोदारीमा पनि पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ।
यस्तै, रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ मा गत २०८२ साल असार २४ गते आएको बाढीले पुल बगाएपछि नेपाल–चीन नाका अझै पुर्ण रूपमा बन्द छ।
यता कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ बरुण र मकालु गाउँपालिका वडा नम्बर ३ एकुवामा समेत पहिरो खसेका कारण आवागमन पुर्ण रूपमा अवरुद्ध भएको छ।
प्रतिक्रिया दिनुहोस्