सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत ल्याइयो


काठमाडौँ । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग सम्बन्धित मन्त्रालय ल्याउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउने निर्णय गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत रहनेगरी कार्यक्षेत्र तोकिएको छ ।

विसं. २०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर झण्डै दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले यी दुबै विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने प्रयासस्वरुप यी विभागलाई आफू मातहत ल्याइएको भन्दै आलोचना भएको थियो । राष्ट्रिय अनुसन्धान विभागलाई पनि गृह मन्त्रालय मातहत ल्याउने निर्णय भएको छ ।