निर्जीवन लघु बिमा कम्पनीले भदाैसम्म आर्जन गरे साढे १६ करोड बिमाशुल्क, कुनको कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को भदौसम्म निर्जीवन लघु बिमकले १६ करोडभन्दा रुपैयाँ बढी कुल बिमाशुल्क आर्जन गरेको छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भदौ महिनामा चार ओटा लघु निर्जीवन बिमकले ५८ हजार २३८ ओटा बिमालेख जारी गरेर १६ करोड ५० लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १४ हजार २९६ ओटा बिमालेख बिक्री गरेर ४ करोड २४ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। त्यस्तै प्रोटेक्टिभ माइक्रो रहेको छ। यो कम्पनीले १६ हजार ३७ ओटा बिमालेख बिक्री गरेर ४ करोड ३५ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

यसैगरी स्टार माइक्रोले १५ हजार ४३९ ओटा बिमालेख बिक्री गरेर ३ करोड ७० लाख रुपैयाँ र ट्रस्ट माइक्रोले १२ हजार ४६६ ओटा बिमालेख बिक्री गरेर ४ करोड २० लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्क जनाएको छ ।