काठमाडौँ । अर्थ मन्त्रालयले डिजिटल टिप्पणी प्रयोगमा ल्याएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले आजदेखि डिजिटल टिप्पणी सुरू गरिएको जानकारी गराएका हुन् ।
पहिलेदेखि नै अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी तथा डिजिटल हस्ताक्षर प्रयोग गरेर काम गर्ने भनिए पनि कार्यान्वयन हुन सकेको थिएन ।
जेनजी विद्रोहपछि अन्तरिम सरकारको अर्थमन्त्री बनेका खनालले आजदेखि डिजिटल टिप्पणी कार्यान्वयनमा ल्याएका हुन् ।




प्रतिक्रिया दिनुहोस्