वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) अस्थायीरूपमा वृद्धि, एकदिनमा ४० पटकसम्म जम्मा गर्न सकिने


काठमाडौँ । दशैं तिहार र छठ लागे सँगै नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) अस्थाईरूपमा बढाएको छ ।

२०८२ असोज ६ गतेदेखि २०८२ कात्तिक १० गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) ४० पटकसम्म बनाएको हो ।

यसभन्दा अगाडी एकदिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो भने अब एकदिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ ।

राष्ट्र बैंक त्यस समयमा भएको भएको कारोबारको संख्या र कारोबारको कुल रकम भुक्तानी विभागलाई जानकारी गराउन निर्देशन दिएको छ ।