आर्थिक सुधारका लागि नीतिगत स्पष्टता आवश्यक छ: प्रबन्ध निर्देशक गोल्याण [अन्तर्वार्ता]


यदि हामी साच्चिकै नेपालको आर्थिक
संरचना रूपान्तरण गर्न चाहन्छौ भने त्यसको मूलमा उत्पादन, ऊर्जा, कृषि जस्ता क्षेत्रहरू पर्दछन्। यी क्षेत्रहरूले मात्र दीर्घकालीन आर्थिक सुधार सम्भव बनाउँछन्।
एउटा उत्पादनले कति रोजगारी सिर्जना
गर्‍याे ? त्यसले कति विदेशी मुद्रा भित्यायो, कति विद्युत् खपत भयो अनि त्यसको प्रतिफल अर्थतन्त्रमा कति असर पर्‍यो भन्ने कुराको विस्तृत अध्ययन हुनु आवश्यक छ।

नेपालको ६ दशकभन्दा लामो इतिहास बोकेको गोल्याण ग्रुप उत्पादनमूलक उद्योगमा केन्द्रित छ भने निर्यात गर्ने अग्रणी व्यवसायिक समूहमा पर्छ । गोल्याण ग्रुपमा पछिल्लो सात वर्षयता नयाँ पुस्ताका अक्षय गोल्याणले नेतृत्व सम्हालिरहेका छन् ।

विश्वकै उत्कृष्ट विश्वविद्यालयमा पर्ने स्पेनको एसाडे बिजनेस स्कुलबाट एमबिएमा ब्याच टपर अक्षय नेपालको अर्थतन्त्रको मूल समस्या आन्तरिक भएको बताउँछन् ।

गोल्याण ग्रुपको प्रबन्ध निर्देशक रहेका अध्यक्ष सानो प्रयासले पनि नेपालको अर्थतन्त्रमा उल्लेखनीय सुधार हुनेमा विश्वास गर्छन् । यद्यपि नेपालको अस्थिर नीतिबाट भने आजित छन् ।

यसै सन्दर्भमा नेपालको अर्थतन्त्रको पुनर्संरचना, युवा पुस्ताले देखेको नेपालको भविष्य र नेपालमा लगानी वातावरण लगायतका विषयमा केन्द्रित रहेर टक्सारले गरेको कुराकानीः

नेपालमा लामो इतिहास बोकेको गोल्याण ग्रुपको युवा पिँढीको तर्फबाट दशकयता नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । तपाईंको नजरमा देशको आर्थिक वातावरण कस्तो छ ?

नेपालजस्तो देशमा मेरो बुझाइमा मुख्य चुनौतीहरू आन्तरिक छन् । अहिले भारत, पाकिस्तान, युक्रेन वा रुसजस्ता देशहरू ‘एक्स्टर्नल ट्रयाप’ मा छन्, जहाँ ठुला देशहरूको स्वार्थ र दबाबले काम गर्छ तर नेपालमा भने समस्या हाम्रो आफ्नै भित्रको हो । चाहे त्यो आर्थिक होस्, राजनीतिक होस् वा नीतिगत होस् । यो अवस्थालाई दुई तरिकाले हेर्न सकिन्छ ।

सकारात्मक र नकारात्मक । सकारात्मक पक्ष के हो भने सबै कुरा हाम्रो नियन्त्रणमा छन्, बाह्य हस्तक्षेप छैन तर नकारात्मक पक्ष के हो भने आफ्नै नियन्त्रणमा हुँदा पनि हामीले समस्या पहिचान गरेर समाधान खोज्नेतर्फ गम्भीर प्रयास गर्न सकेका छैनौँ ।

अर्काेतर्फ नेपालमा आर्थिक सुधारको कुरा गर्दा नीतिगत स्पष्टता आवश्यक छ । यदि हामीले नीति स्थिर बनाएर उत्पादन बढाउन सके त्यसले रोजगारी सिर्जना गर्छ र समग्र विकासको मार्ग खोल्छ । हालको बहस ऊर्जा क्षेत्रमा केन्द्रित देखिन्छ । ऊर्जा केवल एक शब्द नभई नेपालको समग्र विकासको प्रतीक पनि हो ।

हामी १० हजार मेगावाट उत्पादनको कुरा गछौँ तर त्यो ऊर्जा कसरी प्रयोग गर्ने भन्ने स्पष्ट खाका छैन् । निर्यातको सम्भावना त छ तर ट्रान्समिसन लाइन र बजार व्यवस्थापनको प्रश्न अझै बाँकी छ । सिमेन्ट, रड, ऊर्जा जस्ता उद्योगहरू दीर्घकालीन रूपमा टिकाउन नीतिगत स्थायित्व अत्यावश्यक छ ।

यसका लागि खासै ठुलो मेहनत चाहिँदैन तर दिगो सोच र स्पष्ट योजना चाहिन्छ । अर्को महङ्खवपूर्ण कुरा भनेको सरकारलाई वित्तीय रूपमा कसरी सबल बनाउने भन्ने हो । बजेट छैन भनेर हरेक वर्ष कर बढाउनु, कसैलाई छुट दिनु र कसैलाई नदिनुजस्ता अभ्यासले दीर्घकालीन सुधार सम्भव छैन । यसको सट्टामा सरकारले आर्थिक लाभ लिन सक्ने क्षेत्रहरू पहिचान गर्नुपर्छ ।

उदाहरणका लागि उत्पादनमा आधारित उद्योगमा ऊर्जा खपत बढी हुन्छ । अहिले विद्युत्को दर करिब ९ रुपैयाँ छ । यदि यसमा केही छुट दिइयो भने उद्योगहरूले बढी उत्पादन गर्न सक्छन् । त्यसबाट बजार विस्तार हुन्छ, निर्यात बढ्छ, रोजगारी सिर्जना हुन्छ, मानिस विदेश जानुपर्ने अवस्था कम हुन्छ र देशभित्रै ऊर्जा खपत बढ्छ । यसरी सरकारलाई विदेशी मुद्रा पनि आउँछ, जसले समग्र अर्थतन्त्रलाई बलियो बनाउँछ ।

गोल्याण ग्रुपले उत्पादन क्षेत्रलाई प्राथमिकता दिएको छ । पछिल्लो समय नेपालमा उद्योग क्षेत्रमा स्थापित घराना पनि औद्योगिक र उत्पादन क्षेत्रबाट पछि हटेर व्यापारमा सरेका देखिन्छन् । यसको कारण के हो ? नेपालमा औद्योगिक क्षेत्रका समस्या के हुन् ?

हो, हाम्रो प्राथमिकता सधैं उत्पादन क्षेत्रमा नै रहेको छ । उत्पादनमै रहँदा हामीले देख्यौँ कि नेपालमा पछिल्लो समय धेरै व्यापारीहरू उत्पादनको जोखिम थेग्न नसकेर ट्रेडतिर लागे तर यसको अर्थ उत्पादन असफल छ भन्ने होइन । यसमा आफ्नै शैली र चुनौतीहरू छन् ।

व्यापार र उत्पादन दुवैका आफ्नै गतिशीलता र अभ्यास हुन्छन् । व्यापार कुन राम्रो भन्ने मूल्याङ्कन शैलीअनुसार फरक पर्न सक्छ तर यदि हामी साँच्चिकै नेपालको आर्थिक संरचना रूपान्तरण गर्न चाहन्छौँ भने त्यसको मूलमा उत्पादन, ऊर्जा, कृषि जस्ता क्षेत्रहरू पर्दछन् । यी क्षेत्रहरूले मात्र दीर्घकालीन आर्थिक सुधार सम्भव बनाउँछन् ।

कुनै पनि व्यापार व्यवसाय नाफाका लागि नै गरिन्छ तर हामी धेरैजसो समय नीति पुगेन । सरकारको साथ पाइएन भनेर गुनासोमै अल्झिन्छौँ । वास्तवमा व्यापारिक दृष्टिकोणले हेर्दा जहाँ नाफाको सम्भावना छ, त्यहीं व्यवसायी लाग्छन् तर यो विषयमा नीतिगत पक्षलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

विश्वभरका करिब २०० देशहरू हेर्दा हरेक राष्ट्रको आर्थिक मेरुदण्ड कुनै न कुनै उत्पादन उद्योगमै आधारित देखिन्छ । कृषि, ऊर्जा वा निर्माण जस्ता क्षेत्रहरू । सबै वस्तु आफैं उत्पादन गर्न सकिन्न, त्यो सत्य हो तर आर्थिक रूपान्तरणको सन्दर्भमा हामीले उत्पादन क्षेत्रलाई प्राथमिकतामा राख्नैपर्छ किनभने यही बाटोले रोजगारी सिर्जना गर्छ । विदेशी निर्भरता घटाउँछ र देशलाई आत्मनिर्भर बनाउने दिशामा लैजान्छ ।

मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा उत्पादन उद्योगहरू विस्तार भएर जानुपर्ने हो तर त्यो किन सम्भव भएन ? यसबारे तपाईंको विश्लेषण के छ ?

यसमा विभिन्न पक्षहरू जोडिएका छन् तर मुख्य कुरा भनेको नीतिगत पक्ष नै हो । केही वर्षअघि नेपालमा उद्योगहरूको सङ्ख्या बढी थियो । अहिले स्थिति उल्टो देखिन्छ । नीतिको विषयमा हामीले सरकारलाई स्पष्ट रूपमा बुझाउन सकेनौँ र त्यसले पनि असर गर्‍यो । अर्कोतर्फ कतिपय अवस्थामा नेपालजस्तो सानो देशमा उत्पादन उद्योग सम्भव छैन भन्ने सोच पनि हाबी भएको देखियो तर मेरो बुझाइमा त्यो धारणा ठिक होइन । यदि सही नीति बनाइयो र लागु गरियो भने नेपालमा पनि उत्पादन क्षेत्र विस्तार गर्न सकिन्छ भन्ने विश्वास मेरो छ ।

धेरैजसो उद्यमी र व्यवसायीले नेपालमा लगानीको वातावरण छैन वा सरकारले अनुकूलता बनाइदिएको छैन भन्ने गुनासो गर्छन् । अर्कोतर्फ खुल्ला बजार अर्थतन्त्रमा निजी क्षेत्रले आफैं अवसर खोज्नुपर्छ भन्ने तर्क पनि छ । तपाईंको विचारमा हामी यसबिचमा कहाँ अल्झिएका छौँ ?

कुनै पनि व्यापार व्यवसाय नाफाका लागि नै गरिन्छ तर हामी धेरैजसो समय नीति पुगेन । सरकारको साथ पाइएन भनेर गुनासोमै अल्झिन्छौँ । वास्तवमा व्यापारिक दृष्टिकोणले हेर्दा जहाँ नाफाको सम्भावना छ, त्यहीं व्यवसायी लाग्छन् तर यो विषयमा नीतिगत पक्षलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

उदाहरणका लागि सरकारको तर्फबाट राजस्व संकलनमा कति योगदान आएको छ भन्ने तथ्याङ्क भन्सार लगायतका निकायमा स्पष्ट रूपमा देखिन्छ तर अर्को महङ्खवपूर्ण प्रश्न छ, त्यो कारोबारले देशलाई कस्तो प्रत्यक्ष वा परोक्ष लाभ दिएको छ ? जस्तै एउटा उत्पादनले कति रोजगारी सिर्जना गर्‍यो ? त्यसले कति विदेशी मुद्रा भित्रायायो, कति विद्युत् खपत भयो अनि त्यसको प्रतिफल अर्थतन्त्रमा कति असर पर्‍यो भन्ने कुराको विस्तृत अध्ययन हुनु आवश्यक छ ।

यस्ता तथ्यहरूले स्पष्ट कुन क्षेत्रमा कति योगदान छ भन्ने कुरा स्पष्ट पार्छ र त्यसबाट नीतिगत तहमा पनि स्पष्ट मार्गनिर्देशन लिन सकिन्छ । त्यसैले निजी र सरकारी दुवै पक्षले आफ्नो भूमिकालाई स्पष्ट बुझेर अघि बढ्नुपर्ने आवश्यकता आज पनि उत्तिकै छ ।

लगानीको वातावरण छैन भन्ने आम धारणाबिच पनि गोल्याण ग्रुपले लगानीलाई विविधीकरण र विस्तार गर्दै आएको छ र सबैभन्दा धेरै निर्यात गर्ने कम्पनीको रूपमा परिचित छ । यस्तो अवस्थामा सरकारले भूमिका कस्तो खेलेको देख्नुभयो ?

सरकारको भूमिका समग्रमा हेर्दा ठिकै छ । सरकारले केही हदसम्म आफ्नाे जिम्मेवारी निभाएको पनि देखिन्छ तर मूल चुनौती भनेको नीतिगत स्थिरताको हो । जस्तो कि एउटा बजेटमा सरकारले केही सुविधा घोषणा गर्छ तर त्यसलाई कार्यान्वयन गर्ने पक्षमा कमजोर देखिन्छ । उदाहरणका लागि निर्यातमा अनुदान दिने भनिएको दुई वर्ष बितिसक्दा पनि त्यो अनुदान प्राप्त भएको छैन । अब व्यवसायीले नीति हेरेर व्यापार गर्छन्, लगानी गर्छन् तर त्यो नीति वास्तवमै कार्यान्वयनमा आउँछ कि आउँदैन भन्ने अनिश्चितता ठुलो समस्या हो ।

युवाहरूभित्र आइडिया, जोश छ तर त्यसलाई कार्यान्वयनमा ल्याउने वातावरण छैन । यही कारणले गर्दा अहिलेका युवाहरूको आइडिया नेपालमा उद्यममा रूपान्तरण गर्न गाह्रो भइरहेको छ । यद्यपि थोरै व्यवसायिक वातावरण मात्र सुधार हुने हो भने नेपाल लगानी गर्न उपयुक्त मुलुक पनि हो । यसका लागि स्पष्ट नीति, नीतिको सही कार्यान्वयन, निजी क्षेत्रलाई सहजीकरण र प्रणाली सुधार गर्दै अर्थतन्त्र सुधारको लागि सरकारको कदम महत्वपूर्ण रहन्छ ।

उदाहरणस्वरूप म आज उत्पादन क्षेत्रमा लगानी गर्दैछु भने म एक वर्षको लागि मात्र सोचेर कुनै मेसिन जडान गर्न सक्दिँन, त्यो लगानी त कम्तीमा आठदेखि नौ वर्षको योजना भएर आउँछ । अब म अहिलेको बजेट हेरेर लगानी गर्ने निर्णय लिँदैछु तर अर्को वर्ष सरकार फेरियो भने त्यो नीति हटाइदिन सक्छ । त्यसले त म बर्बाद हुन सक्छु । यही अनिश्चितताले गर्दा बजेटको समयमा हामी अन्योलमा पर्छौं भन्सारबाट सामान छिराउने कि नछिराउने भन्ने निर्णय लिन नै गाह्रो हुन्छ । नीतिमा स्पष्टता र निरन्तरता नभएसम्म लगानीकर्ताको भरोसा जम्दैन ।

पछिल्लो समय युवा जमात उद्यमशीलतातर्फ आकर्षित हुनुपर्छ भन्ने आवाज विभिन्न तह र फोरममा उठिरहेको छ । तपाईंको सुझाव र धारणा के छन् यस विषयमा ?

अहिलेको जस्तो अवस्थाबाट उद्यमशीलताको विकास हुने अवस्था देखिँदैन । युवा निराश छन् । विकल्पको अभावमा प्लेन टिकट काटेर विदेश जान बाध्य छन् । साँचो कुरा त के हो भने यदि मेरो पनि त्यस्तो विकल्प हुन्थ्यो भने सायद म पनि बाहिर जान्थें ।

एउटा राम्रो आइडिया लिएर बसेको मान्छेलाई व्यवसाय सुरु गर्न कहाँबाट स्वीकृति लिनुपर्ने हो, कुन निकाय जानुपर्ने हो, कुन फाइल कहाँ पुर्‍याउनुपर्ने हो ? त्यो थाहा नभएपछि उद्यम गर्ने कुरा निकै कठिन हुन्छ । कागजी झन्झट, नीतिगत अस्पष्टता, प्रक्रियागत ढिलासुस्ती जस्ता यी सबै बाधक बनेका छन् । मैले एउटा काम गर्न लाग्दा राष्ट्र बैंकबाट त अनुमति पाइयो तर सरकारले अनुमति दिएको छैन । अब यस्तो व्यवस्थामा कसरी उद्यमशीलता फस्टाउँछ ? सरकारले विदेशबाट लगानी ल्याउने भनेर घोषणा गर्छ तर व्यवहारमा हेर्दा त झन् लगानीकर्ता नै हतास भएर फर्किन्छन् ।

जस्तो पाँच तारे होटलमा क्यासिनो सञ्चालनको अनुमति लिन विदेशी लगानीकर्ताले ४९ प्रतिशत मात्र लगानी गर्न पाउँछन् भने बाँकी ५१ प्रतिशत नेपाली साझेदारको हुनुपर्छ । होटलको मालिकले पनि क्यासिनोमा लगानी गर्नैपर्ने नियम बनाउँदा लगानीकर्ताले आफ्नाे हिस्सा बेचेर बाहिरिनुपर्ने अवस्था आयो । यस्तो अवस्थाले लगानीकर्तालाई नै भगाउँछ । म आफैं हाइड्रोपावर क्षेत्रमा छु ।

एउटा अन्तर्राष्ट्रिय स्तरको डिजाइन कम्पनीलाई डिजाइनको काम दिँदा त्यसको भुक्तानी विदेश पठाउन छ महिनासम्म लाग्यो । अब त्यो कम्पनी नै आएर भन्यो तपाईंको देश यस्तो हो ? हामी तपाईंहरूसँग काम गर्ने कि नगर्ने ? यस्तो सन्दर्भमा उद्यमशीलताको विकास कसरी सम्भव हुन्छ ? धितोपत्र बोर्ड जाँदा पनि उस्तै समस्या देखिन्छ प्रक्रिया यति जटिल र ढिलो छ कि मानिस हिम्मत हार्छ ।

युवाहरूभित्र आइडिया, जोश छ तर त्यसलाई कार्यान्वयनमा ल्याउने वातावरण छैन । यही कारणले गर्दा अहिलेका युवाहरूको आइडिया नेपालमा उद्यममा रूपान्तरण गर्न गाह्रो भइरहेको छ । यद्यपि थोरै व्यवसायिक वातावरण मात्र सुधार हुने हो भने नेपाल लगानी गर्न उपयुक्त मुलुक पनि हो । यसका लागि स्पष्ट नीति, नीतिको सही कार्यान्वयन, निजी क्षेत्रलाई सहजीकरण र प्रणाली सुधार गर्दै अर्थतन्त्र सुधारको लागि सरकारको कदम महत्वपूर्ण रहन्छ ।

एउटा अन्तर्राष्ट्रिय स्तरको डिजाइन कम्पनीलाई डिजाइनको काम दिँदा त्यसको भुक्तानी विदेश पठाउन छ महिनासम्म लाग्यो । अब त्यो कम्पनी नै आएर भन्यो तपाईंको देश यस्तो हो ? हामी तपाईंहरूसँग काम गर्ने कि नगर्ने ? यस्तो सन्दर्भमा उद्यमशीलताको विकास कसरी सम्भव हुन्छ ? धितोपत्र बोर्ड जाँदा पनि उस्तै समस्या देखिन्छ प्रक्रिया यति जटिल र ढिलो छ कि मानिस हिम्मत हार्छ ।

यतिबेला सबैतिर चुनौति बढी छ तर पनि म आफैँ पनि आशावादी छु । युवाहरू पनि देशको वस्तुस्थिति बुझ्दै गर्ने र वातवरण बन्ने वित्तिकै आफ्ना आइडियाहरू एक्प्लोर गरेर अगाडि बढ्नुपर्छ । वातावरण बन्दा त नेपाल सम्भावना नै सम्भावनाको खानी हो । आशावादी बनौँ मुलुकको अर्थतन्त्र सुधार हुनेछ । मुलुकलाई समृद्ध हाम्रै पालमा देख्न पाउनेछौँ ।

टक्सार म्याग्जिन वर्ष ५, अंक ४, साउन २०८२ बाट