रास्वपाले जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा ‘श्रद्धा सुमन सभा’ २३ गते गर्ने


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेन-जी आन्दोलनको एक महिनाको सम्झनामा सहादत प्राप्त वीरहरूलाई श्रद्धाञ्जली अर्पण गर्न ‘श्रद्धा सुमन सभा’ आयोजना गर्ने भएको छ। सभा आश्विन २३ गते (बिहीबार) साँझ ६:०० बजे हुने छ।

भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सरकारले शहीद घोषणा गरेको थियो।

यस अवसरमा देशभरका पार्टी कार्यकर्ताहरू र आम नागरिकहरूले शहीदहरूको सम्झनामा सहभागी हुने अपेक्षा गरिएको छ।