तोलामा २६ सय रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३५ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ३८ हजार रूपैयाँ पुगेको हो ।

चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेर २ हजार ९५५ रूपैयाँमा कारोबार भइरहेको छ ।