आइतबार दोहोरो अंकले बढ्यो नेप्से


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

नेप्सेका अनुसार आइतबार नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड १० लाख ९४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।