शुक्रबारदेखि शनिबार रातिसम्म भएको रुसी आक्रमणबाट युक्रेनी राजधानीमा एक जनाको मृत्यु भएको छ । साथै अन्य १० जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
आक्रमणबाट धेरै क्षेत्रमा आगो लागेको, आवासीय भवनका झ्यालहरू फुटेको र शहरको पूर्वी भागमा रहेको एउटा बालवाडीमा क्षति पुगेको किभ शहर सैन्य प्रशासनका प्रमुख टिमुर त्काचेन्कोले बताए ।
किभका मेयर भिटाली क्लिट्स्कोले शहरलाई ब्यालिस्टिक क्षेप्यास्त्रले लक्षित गरेको उल्लेख गरे । युक्रेनी वायु सेनाकाअनुसार युक्रेनमा रातभर गरिएको आक्रमणको क्रममा रुसले ६२ वटा ड्रोन र नौ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
वायु रक्षा एकाइहरूले ५० वटा ड्रोन र चार वटा क्षेप्यास्त्र खसालेका थिए । यो आक्रमण एक हप्ताभन्दा कम समयमा युक्रेनी राजधानीमा दोस्रो ठूलो आक्रमण हो ।
शुक्रबार बेलायती प्रधानमन्त्री केयर स्टारमरले बेलायतले जाडोमा देशको हवाई रक्षालाई बलियो बनाउन युक्रेनलाई ५ हजार भन्दा बढी हल्का बहुभूमिका क्षेप्यास्त्रहरू आपूर्ति गर्ने आफ्नो कार्यक्रमलाई तिब्रता दिइरहेको बताए।



प्रतिक्रिया दिनुहोस्