काठमाडाैं । मनाङको हिमपातमा फसेका दुई सय बढी विदेशी पर्यटकसहित नेपाली सेनाले १ हजार ५ सयको उद्धार गरेको छ ।
कात्तिक १० गतेदेखि भएको भारी हिमपातको कारण मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाहरु सहित विभिन्न स्थानमा फसेकाको उद्धार गरेको सेनाले जनाएको छ ।

सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानियहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुग्न सहयोग गरेको सेनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्