काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक परिसूचक नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६००.३८ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बिहीबार हिमालयन बैंकको प्रोमोटर सेयर धेरै कारोबार भएको छ । कम्पनीको एक अर्ब ६६ करोड ५० लाख ६० हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्