सिंगटी हाईड्रो इनर्जीले ५ प्रतिशत बोनस सेयर घोषणा


काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले आर्थिंक वर्ष २०८१र८२ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर सेयरधनीलाई प्रदान गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

कम्पनीले बोनस सेयर बाहेक नगद लाभांश घोषणा नगरेको बताइएको छ। साधारण सभाको मिति र बुक क्लोज मिति भने पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।