काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आइपिओमा आजदेखि आवेदन दिन सकिने छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेर बाँडफाँड पछि कम्पनीले सर्वसाधारणको लागि आजदेखि आइपिओ निष्काशन गरेको हो ।
आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा कात्तिक २३ गते हुनेछ भने ढिलोमा मंसिर ३ गते हुनेछ।
कम्पनीले जारी पूँजी एक अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबर अर्थात ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।




प्रतिक्रिया दिनुहोस्