काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ वितरण गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर जारी गर्न लागेको हो।
पहिलो चरणमा आयोजना प्रभावितहरूलाई २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ४ लाख ९७ हजार ९२ कित्ता बाँडफाँड गरिसकेको कम्पनीले जनाएको छ।
अब बाँकी कित्तामध्ये कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित गरी ४० लाख ७६ हजार १५६ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले याे आइपिओमा कात्तिक १९ गते देखी कात्तिक २३ गतेसम्मको बैंकिङ समयभित्र अावेदन दिन सक्नेछन्।
आइपिओ निष्कासन तथा बाँडफाँडको कार्य प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।




प्रतिक्रिया दिनुहोस्