काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक परिसूचक नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७.४२ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य घटेको भने ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
बुधबार युनियन हाइड्रोपावर कम्पनीको धेरै कारोबार भएको छ । कम्पनीको ३८ करोड ६१ लाख ४८ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
बुधबार माबिलुङ इनर्जी र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत र ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज फस्र्ट माइक्रो फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.४८ प्रतिशतले घटेको छ ।
कुल ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।




प्रतिक्रिया दिनुहोस्