काठमाडाैँ । भाद्र २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ।
बिहीबार बसेको आयोगको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुन सक्ने अवस्था रहनुपर्ने भन्दै आजैदेखि लागू हुने गरी उनको विदेश भ्रमण रोकिएको जनाएको हो।
आयोगले खापुङलाई आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ। साथै आयोगले खापुङलाई यसबारे औपचारिक रूपमा जानकारी गराउने पनि जनाएको छ।
आयोगले घटनामा कसैको क्षतिको विवरण अझै नपठाइएका भए ती विवरणहरू आयोगको इमेल ठेगाना [email protected] वा सिंहदरबारस्थित आयोगको कार्यालयमा उपलब्ध गराउन सबैमा अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्