रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा पूर्व सांसद सन्तोष परियारले पार्टी त्याग गरेको घोषणा गरेका छन् ।

परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई औपचारिक पत्र बुझाउँदै रास्वपाबाट पार्टी परित्याग गरेको जानकारी गराएका हुन् ।

विघटित प्रतिनिधि सभामा रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहेका परियारले आगामी दिनमा नयाँ राजनीतिक अभियानसहित अघि बढ्ने तयारी रहेको बताइएकाे छ ।