नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा


काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा गरेको छ । 
शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समिक्षा बैठक बसेको थियो । छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रस्तीकरण दिएका थिए ।

उनको प्रश्तुतिपछि छलफलमा सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीहरूले आफ्नो टिप्पणी र सुझाव दिए । छलफलमा बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले भन्दै गति बढाएर काम गर्न सम्बन्धीत सबैमा निर्देशन दिए । उनले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताए ।