सहिष्णुता दिवसको अवसरमा अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिकको कार्यक्रम


काठमाडौँ । अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिकले अन्तराष्ट्रिय सहिष्णुता दिवसको अवसरमा कार्यक्रम गरेको छ ।

यो दिवस युनेस्कोले सन् १९९५ मा घोषणा गरेको हो, जसको उद्देश्य असहिष्णुताका खतराहरूको बारेमा जनचेतना जगाउनु रहेको छ । यो दिवस हरेक वर्ष नोमेम्बर १६ मा अन्तराष्ट्रिय दिवस मनाउने गरिन्छ ।

दिवसको पूर्वसन्ध्यामा आज गरिएको कार्यक्रममा घरपरिवारदेखि विश्वसमुदायसम्म सहिष्णुताको महत्वबारे चर्चा गरिएको थियो ।

एकले अर्कोलाई नस्वीकार्ने, एकले अर्कोप्रति गलत भावना राख्ने जस्ता गतिविधिले घरदेखि विश्वमासम्म अशान्ति फैलने भएकाले अन्तराष्ट्रिय सहिष्णुता दिवसको महत्व बढ्दै गएको सहभागिहरूको भनाई थियो ।

अप्टिमिस्ट इन्टरनेसनल विश्वभर ८० हजारभन्दा धेरै सदस्य सङ्ख्या छ । अप्टिमिस्ट इन्टरनेसनल एसियामा पहिलो पटक नेपालमा सन् २०१७ मा स्थापना भएको संस्थापक गर्भनर उदय निरौलाले जानकारी दिए ।

कार्यक्रममा मनोविद गृष्मा पनेरुले सहिष्णुता वा सहनशिलता मानसिको मनोविज्ञानले पनि प्रभाव पर्ने बताइन् । उनले भनिन्,“ मानसिक स्वास्थ्य पनि कतै न कतै सहिष्णुतामा जोडिएको जस्तो लाग्छ ।”

कार्यक्रममा प्रा.डा. मेदनीप्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सहिष्णुताको सान्दर्भिकता हरेक दिन बढ्दै गएको भन्दै यो थप बहसको विषय बन्नुपर्नेमा जोड दिएका थिए ।

संस्थाका गर्भनर प्रतापबहादुर थापाले अप्टिमिष्ट इन्टरनेसनल एसियामा नेपालमा पहिलोपटक स्थापना गर्न पाउँदा खुशी लागेको बताए । उनले संस्थापक सदस्यहरूलाई धन्यवाद दिदै यस संस्थालाई थप प्रभावकारी बनाउने बताए ।