काठमाडाैँ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ ।
आइवार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरको नेता वामदेव गौतमले जानकारी दिए ।
उनकाअनुसार सन्देश सभाको मितिपछि तय गरिनेछ । उनले संविधानद्वारा निर्देशित समाजवाद निर्माण गर्दै मुलुकमा विद्यमान समस्याको हल गर्ने सन्देश देशभर पु¥याउन पार्टीले सभा गर्न लागेको दाबी गरे ।
“सात वटा प्रदेशमा सन्देश सभा दिने निर्णय गरेका छौं । त्यसको मिति तय भइसकेको छैन । सातवटै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने निर्णय भएको छ । नेपालमा अब हामीले समाजवाद निर्माण गर्ने सन्देश दिन्छौं । नेपालको संविधानले परिकल्पना गरेको र निर्देशन गरेको समाजाद हामीले निर्माण गरेर मुलुकमा विद्यमान सबै समस्या हामीले समाधान गर्छौं । र देशमा ठूलो परिवर्तन ल्याउँछौं भन्ने सन्देशसहित सातै प्रदेशका जनताको बिचमा जान्छौं,”उनले भने ।
उहाँले स्वदेशमै रोजगारी सिर्जना गरी मुलुकको आर्थिक अवस्था सुधार्न पार्टी प्रतिवद्ध भएर लाग्ने दाबी पनि गरे।



प्रतिक्रिया दिनुहोस्