काठमाडौँ । नयाँ मतदाता नामावली दर्ता प्रक्रिया उत्साहजनक रूपमा अघि बढिरहेको छ।
निर्वाचन आयोगका अनुसार आइतबारसम्म बायोमेट्रिक्स प्रणालीमार्फत ३ लाख २ हजार ६२ मतदाताले नाम दर्ता गराइसकेका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत २ लाख२५ हजार ५७५ मतदाताले दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार नयाँ मतदाता नामावली दर्ता मंसिर ५ गतेसम्म गर्न सकिनेछ। हाल राष्ट्रिय परिचयपत्र नम्बर भएकाले पनि नागरिकहरूले अनलाइनमार्फत सजिलै आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।



प्रतिक्रिया दिनुहोस्