काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुल १२।५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ। कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
लाभांश प्रस्ताव पारित गर्ने उद्देश्यले कम्पनीले मंसिर २५ गते काठमाडौँमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ। सभामा लाभांश अनुमोदनका साथै कम्पनीसँग सम्बन्धित अन्य वार्षिक एजेण्डामा छलफल हुने जनाएको छ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ।
यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार गरी नामावलीमा रहेका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
कम्पनीले अघिल्लो वर्षको आर्थिक प्रदर्शन र दीर्घकालीन विस्तार योजनालाई आधार बनाउँदै सेयरधनीमैत्री लाभांश नीति निरन्तरता दिएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्