सरकारलाई सीजीले एक वर्षमै बुझायो २५ अर्ब ५९ करोड राजस्व


काठमाडाैँ । चौधरी ग्रुप (सीजी)ले गत वर्ष राज्यलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेको छ।

यो रकम कूल राजस्वको करिब २.३ प्रतिशत योगदान हुने जनाएको छ। समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत सीजीको कर योगदानबारे जानकारी दिँदै अर्थमन्त्री रामेश्वर खनालले गरेको प्रशंसाप्रति आभार व्यक्त गरेका छन्।

चौधरीले चुनौतीपूर्ण आर्थिक अवस्था रहे पनि राष्ट्रको ढुकुटी मजबुत बनाउन योगदान दिन पाउनु समूहका लागि गर्वको विषय भएको बताए।