झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ६८ करोड रूपैयाँ बढिको करोबार


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक परिसूचक ०.७९ अंकले घटेर २५६०.२९ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार साहस उर्जाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४१ करोड ८० लाख २४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज ४ ओटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आजको दिन नेप्सेमा बन्दीपुर केबलकार एण्ड टुरिजम, धौलागिरी लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र सागर डिस्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज बुङ्गल हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ९.०५ प्रतिशतले घटेको छ ।

कुल ३२८ कम्पनीको एक करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।