काठमाडाैँ । होटल एसाेसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको खेलकुद र पर्यटन क्षेत्रमा अभुतपूर्व गतिशीलता थपेको बताएका छन् ।
गत वर्षबाट सुरू भएको एनपीएल दोस्रो सिजनमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च चासोको विषय बनेको र यसले स्पोट्र्स पर्यटनलाई नयाँ आयाम दिन सकेको बताए । अध्यक्ष शाहकाअनुसार एनपीएलले देशभरका दर्शकलाई एक ठाउँमा ल्याएको छ । जसले सामाजिक एकता र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारिरहेको छ ।
उनकाअनुसार पहिले पूर्वाधार नभएकै कारण धेरै योजना सम्भव थिएनन्, तर एकै वर्षमै कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटजस्ता संरचना तयार भएपछि खेल पर्यटनको लागि नयाँ ढोका खुलेको शाहले बताए।
उनकाअनुसार दक्षिण एसियालाई ‘क्रिकेट पावरहाउस’ हो, नेपाल अब इमर्जिङ राष्ट्रको रूपमा अगाडि बढिरहेको उनको भनाइ छ । भारत–पाकिस्तानबिचको तटस्थ स्थानमा भइरहेको खेलहरूले दुबई र अबुधाबीले ठूलो आर्थिक फाइदा लिएको उदाहरण प्रस्तुत गर्दै उनले नेपालले पनि त्यस्तो अवसर उपयोग गर्न सक्नुपर्ने बताए ।
शाहकाअनुसार नेपाल पर्यटन बोर्ड र क्रिकेट एसाेसिएसनबिच एनपीएल एनपीएल क्रिकेटलाई ब्रान्डिङ गर्ने सम्झौता हुनु सुखद् हो । उनकाअनुसार अब यसलाई ब्रान्डिङ गर्न प्राइभेट सेक्टर पनि यसमा लागि पर्नेछ । अहिले नै यो एनपीएल गर्दा होटल क्षेत्रले राम्रो लाभ लिएको शाहको भनाइ छ ।
होटल एशोसिएसनकाअनुसार आजको दिनमा पर्यटकको संख्याहरु बढ्न सकिरहेको छैन । २०२४ मा हेर्ने हो भने ११ लाख ४७ हजार छ । अब २०२५ मा पनि त्यसको हाराहारी मात्रै हाराहारीमा आउने सम्भावना छ । जेनजी आन्दोलनको पनि असर देखिएकाले बढ्ने सम्भावना नरहेको अध्यक्ष शाह बताउँछन् ।
“हाम्रो चाहीँ १२ लाखको हाराहारीमा पर्यटकको आगामनको तथ्य छ । हाम्रो आजको क्षमता भने ३५ देखि ४० लाख हो । स्ट्याण्डर्ड अनुसारको हामीसँग पूर्वाधारहरू छन् । ७०–७५ वर्षको इतिहासमा हाम्रो पर्यटकको बसाई अवधि उही १२–१३ दिन र पर्यटकले आएर खर्च गर्ने भनेको उही ४०/४५ डलर भन्दा माथि जान सकेको छैनौ । हो यसको लागि चाहीँ स्पोट्र्स टुरिजम नया आयामहरुमा हामीले गर्यौँ भने हाम्रो होटेलहरुले सजिलैसँग लाभ लिनसक्छ,”उनले भने ।
उनकाअनुसार होटेलमा लगानी गर्ने व्यवसायहरू यो स्पोट्र्स टुरिजम अगाडी बढोस् भन्ने नै चाहना छ । यसमा आफूहरूले समेत काम गरिरहेको शाहको भनाइ छ । “हाम्रो कुराकानी भइरहेको पनि छ । अब अघि बढ्ने बेला भयो किनभने हाम्रो पूर्वाधार नभएर हामी अलि पछाडी पर्या थियौ, पूर्वाधारै नभएपछि त के गर्नेकुरा मात्रै गर्न भएन । अब पूर्वाधार भयो, कीर्तिपुरको स्टेडियममा रात दिन हामी गेम गर्न सक्छौ । त्यस्तै मुलपानीमा छ, हाम्रो चितवनमा छ, हाम्रो भैरहवामा छ । हाम्रो धनगढीमा पनि एक एक तहको क्रिकेट स्टेडियमहरु तयार छ । त्यसलाई व्यवस्थित गर्ने काम भइरहन्छ,” उनले भने ।
उनकाअनुसार अब सरकारले योजना बनाएर काम गर्नुपर्छ । सबल पक्ष केलेएर नेपालमा सम्भावना भएका सबै खेल खेलाउन गृहकार्य गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्