आइतबार ४० अंकले बढ्यो नेप्से


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक परिसूचक ३९.९२. अंकले बढेर २६००.२२ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने एक ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६५ करोड ६० लाख ९१ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज ३ ओटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आजको दिन नेप्सेमा सागर डिस्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.९९ प्रतिशत, र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज पिपुल्स हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ७.६५ प्रतिशतले घटेको छ ।

कुल ३३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।