काठमाडाैँ । लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबिच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता गरेकाे छ।
लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबिच सम्झौता–पत्र हस्ताक्षर गरी आदान–प्रदान गरिएको छ ।
यस साझेदारीमार्फत डिलरहरूले सजिलै चालु पूँजी प्राप्त गर्न सक्नेछन्, जसले इनभेन्टरी व्यवस्थापन सहज बनाउने र व्यवसाय सञ्चालनलाई थप सुदृढ बनाउने जनाइएकाे छ।
नबिल बैंकले ०.५% लोन प्रशासकीय शुल्क, एलसि तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट, कर्पोरेट मोबाइल बैंकिङ, सेफ–डिपोजिट लकर र पि.ओ.एस मेसिन शुल्कमा ५०% छुट, निःशुल्क एसएमएस ट्रान्जेक्सन अलर्ट, मुख्य कर्मचारीका लागि अधिकतम ५ लाख रूपैयाँ सीमासहित निःशुल्क क्रेडिट कार्ड तथा नबिल केयर अन्तर्गतको क्रिटिकल इलनेस बीमा जस्ता विशेष सुविधाहरू उपलब्ध गराउने उल्लेख गरिएकाे छ।
दुवै संस्थाले यो सहकार्यले डिलरहरूको लिक्विडीटि बढाउने, आर्थिक बोझ कम गर्ने र नेपालको टाइल्स उद्योगको दिगो विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्