काठमाडाैँ । राजधानीको भगवतीबहालमा निर्माण गरिएको अत्याधुनिक क्याम्पस आइआइएमएस २.० कलेज उद्घाटनसँगै आइआइएमएस कलेजले नेपालमा विश्वस्तरीय उच्च शिक्षाको नयाँ अध्याय सुरुवात गरेको छ।
अन्तर्राष्ट्रिय सहकार्य, नवप्रवर्तनशील शैक्षिक अभ्यास र उद्योग-अभिमुखी शिक्षण प्रणालीलाई केन्द्रमा राखेर तयार गरिएको उक्त कलेजले देशमै बस्दै ‘ग्लोबल स्टान्डर्ड’ शिक्षा प्राप्त गर्न सकिने वातावरण निर्माण गर्न लक्ष्य लिएको छ।
सन् २०१० मा स्थापना भएको आइआइएमएस कलेज पछिल्ला वर्षहरूमा गुणस्तरीय, विश्वमान्य स्नातक कार्यक्रममार्फत अग्रगामी शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै आएको संस्थाकाे दाबी छ ।
संस्थाका अनुसार यसकाे प्रमुख सहकार्यकर्ता टेलर्स युनिभर्सिटी दक्षिणपूर्व एसियाका प्रतिष्ठित निजी विश्वविद्यालयमध्ये एक हो, जसले क्यूएस वाेर्लड यूनिभर्सिटी रेन्किङ्मा विश्वको २५३औँ स्थान हासिल गरेको छ र शीर्ष १ प्रतिशत विश्वविद्यालमध्ये सूचीकृत छ। विश्वविद्यालयको एएसीएसबी मान्यता प्राप्त व्यवसाय कार्यक्रम यसले प्रदान गर्ने शिक्षाको अन्तर्राष्ट्रियस्तरको गुणस्तरको प्रमाण मानिन्छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइआइएमएस २.० ग्रुपका मुख्य कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सबिन्द्र महर्जनले भने, आइआइएमएस २.० केवल एउटा भवन होइन, यो नेपालको भविष्यप्रति गरिएको प्रतिबद्धता हो। अब नेपाली विद्यार्थीले विदेश जाने आवश्यकता नै नपर्ने गरी हामीले विश्वस्तरीय शैक्षिक वातावरण यही देशमै निर्माण गरेका छौँ।”
टेलर्स युनिभर्सिटीका भाइस–च्यान्सलर प्राध्यापक बेरी विनले नेपाल–मलेसिया शैक्षिक सहकार्यले ऐतिहासिक उचाइ प्राप्त गरेको उल्लेख गर्दै भने, “टेलर्स युनिभर्सिटी भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा उपलब्ध गराउने अवधारणामा विश्वास गर्छ। आइआइएमएस सँगको सहकार्यले नेपालका भावी विश्व–नागरिकहरूलाई सशक्त बनाउन हाम्रो प्रतिबद्धता अझ मजबुत भएको छ।”
आइआइएमएस कलेजले आफ्नो शैक्षिक उत्कृष्टतालाई नेतृत्व विकास, उद्यमशीलता, उद्योग–सम्पर्क, खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिजस्ता सह–पाठ्यक्रमीय कार्यक्रममार्फत निरन्तर सबल बनाउँदै आएको छ। रिबन–कटिङ, क्याम्पस अवलोकन र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न आइआइएमएस २.० को शुभारम्भले नेपालमा उच्च शिक्षाको गुणस्तरीय रूपान्तरणतर्फ निर्णायक कदमभरिएको विद्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्