नाडाको ४५ औं वार्षिक साधारण सभा पौष ५ मा, महासंघमा लैजाने प्रस्ताव पेस हुने


काठमाडाैँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ४५ औं वार्षिक साधारण सभा आगामी पौष ५ गते (बुधबार)गर्ने भएको छ।

भदौ १९ गते बसेको २२ औं बैठक तथा मङ्सिर १५ गते बसेको २४ औं केन्द्रीय कार्य समितिको बैठकले नाडालाई महासंघमा लैजाने प्रस्तावसहित साधारण सभा बोलाउने निर्णय गरेको नाडाले जनाएको छ।

सोहीअनुसार पौष ५ गते हुने साधारण सभामा एसाेसिएसनका समस्त सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ।