काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५.६३ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।
पुस २७ गते बसेको संस्थाको १८२ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश निर्णय गरेको कम्पनीले जनाएको छ ।
उक्त बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि)गरी कुल ५.६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्