काठमाडाैँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिम्खडाले ठूला कर्पोरेट हाउसहरूले श्रम शोषण गर्ने गरेको आरोप लगाएका छन् ।
काठमाडाैँमा मंगलवार आयोजित एक कार्यक्रममा उनले कर्पोरेट हाउस र मल्टीनेसनल कम्पनीहरूले श्रमिकहरूलाई अधिकार दिन नमान्ने गरेको आरोप लगाएका हुन् ।
श्रमिकलाई अधिकार दिनुपर्ने भएकोले कम्पनीहरूले पछिल्लो समय अस्थायी श्रमिकलाई ल्याएर काम गर्ने प्रचलन बढेको उनले बताए । स्थायी श्रमिकहरु निकालेर अस्थायी श्रमिक भर्ती गर्ने प्रचलनले श्रमिकहरू मारमा परेको उनको भनाइ छ ।
स्थायी श्रमिकलाई न्युनतम पारिश्रमीक दिनुपर्ने, प्रत्येक दुई वर्षमा तलववृद्धि गर्नुपर्ने, सामाजिक सुरक्षा लागू गर्नुपर्ने कारणले ठूला भनिएका होटलहरु नै यसबाट पन्छिन खोज्ने गरेको उनको दाबी छ । उनले होटलहरुमा श्रमिकले पाउने १० प्रतिशत सर्भिस चार्ज पनि नपाउने गरेको बताए ।
उनले श्रमिकहरूले श्रमदाताको लगानी र सुरक्षाको चिन्ता गर्ने भएपनि रोजगारदाताहरूले श्रमिकलाई सधैँ बेवास्ता गर्ने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्