काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
बुधबार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा उनले सरकारले निजी क्षेत्रको मनोबल उकास्न र लगानीका लागि सकारात्मक वातावरण बनाउन खोजिरहेको बताएका हुन् ।
उनले जेन–जी आन्दोलनका क्रममा गरिएको संगठित अपराधलाई छुट नदिइने समेत प्रतिवद्धता जाहेर गरे । उनकाअनुसार जेन–जीसँगको सम्झौतामा त्यस्तो अपराधलाई कहि छुट दिने भन्ने उल्लेख छैन ।
उद्योग मन्त्री सिन्हाले वर्तमान सरकारको मुख्य दायित्व निर्वाचन गर्ने भएपनि सरकारका आधारभुत जिम्मेवारी सुशासन, सेवा प्रवाहमा सुधार, शान्ति सुरक्षा, भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता, सहज औद्योगिक वातावरण निर्माण, सरकार क्षेत्रको स्वतन्त्रता पनि सरकारको प्रमुख प्राथमिकता रहेको समेत बताए। अहिलेको पुस्ता जेन–जीले उठाएका मागहरुलाई सरकारले गम्भीर रुपमा हेरेको समेत उनको भनाइ छ ।
सिन्हाले अख्तियारलाई देखाएर काम नगर्ने प्रवृत्ति कर्मचारीतन्त्रमा व्याप्त देखिएको समेत बताए । उनकाअनुसार सही काम गर्नेहरु डराउनपर्ने स्थिति छैन । मन्त्री सिन्हाले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्दै सुरक्षाको प्रत्याभुति दिन सरकार तयार रहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्