रवि र बालेनको आर्थिक नीति ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्र’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बालेन्द्र शाहबिच वृहत् एकतामा सहमति भएको छ ।

दुबैजनाले आफ्नो हैसियत नखुलाएर हस्ताक्षर गरेका छन् । यद्यपी दलको नाम झण्डा र चुनाव चिन्ह रास्वपाकै हुने छ ।

दुइजनाले गरेको हस्ताक्षरमा सङ्घीयता धर्म निरपेक्ष र गणतन्त्रबारे केही बोलेका छैनन् ।

उनीहरूले ‘बाहुलवादी लोकतान्त्रिक प्रणाली’ भनेका छन् । आर्थिक नीतिबारे भने आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सम्झौतामा ‘सामाजिक न्याय सहितको उदार अर्थतन्त्र’ उल्लेख छ ।

सम्झौताको प्रस्तावनामा ‘सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न’ भनिएको छ ।

सम्झौतमा समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने भनिएको छ ।

दुईजनाबिच आज बिहान सम्झौता भएको हो ।