काठमाडौँ । भदौ २३ र २४ गते घटेको घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोग, २०८२ को कार्यालयमा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि उपस्थित भएका छन्।
आयोगले घटनासम्बन्धी तथ्य सङ्कलन गर्न विभिन्न पक्षका व्यक्तिहरूलाई बोलाएर बयान लिइरहेको छ।
लेखकको उपस्थितिले सो घटनाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
आयोगले यस घटनासम्बन्धी सम्पूर्ण तथ्याङ्क सङ्कलन गरी रिपोर्ट तयार गर्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्