काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रूपैयाँको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्ष अवधिको ऋणपत्र बोलकबोल मार्फत जारी गर्ने भएको हो ।
यो उपकरणको नाम नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ रहेको छ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ भने राष्ट्र बैंकले साँवा ब्याज २०८३ पुष १६ गते भुक्तानी गर्ने जनाएको छ ।
ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।



प्रतिक्रिया दिनुहोस्