काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।
आइतबार नेप्सेमा ग्रीन भेन्चरर्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड ७९ लाख ३ हजार रूपैयाँ बढिको कारोबार भएको हो ।
आजको दिन एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कुल ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ५० हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्