जेनजी आन्दोलनले राजनीति आत्मसमीक्षा गर्न बाध्य बनायोः प्रचण्ड


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ले’ जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले अब राजनीति नयाँ सङ्कल्प र प्रतिवद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने निर्णायक अवस्थामा पुगेको स्पष्ट पारे ।

अध्यक्ष दाहालले देश अहिले विरलै देखिने गम्भीर सङ्कटबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान सर्वपक्षीय सहमति र संकल्पबाट मात्रै सम्भव हुने धारणा व्यक्त गरे। उनका अनुसार अहिले राजनीतिक दल र जनता दुवै निर्वाचनको कुनै विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छन्।

उनले भने, “जेन–जी आन्दोलनले आत्मसमीक्षा गर्न उत्प्रेरित ग¥यो। हामी सबैका अगाडि आत्मसमीक्षा गर्न आवश्यक छ। अब नयाँ संकल्प र प्रतिवद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने वा आफ्नो औचित्य सकिएको स्वीकार्दै पन्छिने अवस्था आएको छ। यो देश विरलै आउने सङ्कटबाट गुज्रिरहेको छ। यसको समाधान सर्वपक्षीय सहमति र संकल्पबाट अघि बढ्नुपर्छ। अहिले त्यसको वातावरण बनेको छ।”

अध्यक्ष दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म देशले आर्थिक प्रगति हासिल गर्न नसक्ने पनि जोड दिए।

उनले शान्ति, स्थायित्व र समृद्धि आजको मुख्य आवश्यकता भएको भन्दै त्यसका लागि निर्वाचन सम्पन्न गर्नु र आगामी सरकारमार्फत संविधान संशोधन गर्नु नै दीर्घकालीन समाधान भएको स्पष्ट पारे ।