काठमाडाैँ । स्याङ्जाकाे गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले अवैध रुपमा ओसारपसार गरिएको खाद्यवस्तु बरामद गरेको छ।
मंगलबार विहान करिव ०५:३० बजे अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बसको चेकजाँच गर्दा बिना बिलका विभिन्न खाद्यवस्तु फेला पारेको हो।
बरामद सामानमा निलो कलरको रेडबुल १५ कार्टुन (३६० पिस), स्नाइकर चकलेट ९६ प्याकेट (२८८ पिस) र किन्डर जाेय चकलेट २४ प्याकेट (१९२ पिस) रहेका थिए। यी सबैको कुल मूल्य रु. ७७ हजार ७६० निर्धारण गरिएको छ।
प्रहरीले बरामद सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज भैरहवा भन्सार कार्यालय, बेलहिया, रूपन्देही पठाएको छ।



प्रतिक्रिया दिनुहोस्